काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाडपर्वहरूले समाजमा सामूहिक भावना, आपसी सद्भाव र एकतालाई अझ सुदृढ बनाउने भूमिका खेलिरहेको बताएका छन्।

इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले भरिपूर्ण देश भएको उल्लेख गरे। यस्ता विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले एकता, मेलमिलाप र आपसी सम्मानको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याइरहेको उनले बताए।

advertisement

“हाम्रो समाजमा रहेका विभिन्न धर्म, संस्कृति र परम्परालाई आदर र सम्मान गर्दै सहअस्तित्व कायम गर्ने सद्भावयुक्त परम्परा रहँदै आएको छ,” सन्देशमा खड्काले उल्लेख गरेका छन्।

क्रिसमस डेले सबैमा सुख, शान्ति र समृद्धिको भावना फैलाउँदै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित उनले सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com