काठमाडौं । नेकपा एमालेको पुसको २६ देखि २९ गतेसम्म बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने भएको छ।

उक्त बैठकले ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो निर्वाचित गर्ने एमालेले बताएको छ।

advertisement

एमालेको विधानमा केन्द्रीय कमिटी संख्याको एक तिहाइ पोलिटब्युरो बन्ने प्रावधान छ।

गत मंसिर २८ गते बसेको केन्द्रीय कमिटी बैठकले एमाले केन्द्रीय कमिटी सदस्य संख्या २५१ बाट बढाउँदै ३०१ पुर्‍याएको थियो। ११ औं महाधिवेशनले त्यही पारित गरेको थियो।

एमालेका एक कार्यकाल केन्द्रीय सदस्य भइसकेका पोलिटब्युरो सदस्यको उम्मेदवार बन्न सक्ने परम्परा छ। त्यस्तै, एक कार्यकाल पोलिटब्युरो सदस्य भइसकेकाहरू मात्र स्थायी कमिटीका लागि योग्य हुनेछन्।

तर एमालेको विधानको धारा ६३ (२) मा केन्द्रीय कमिटीका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ व्यवस्था छ।

एमालेको ११ औं महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ।

रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, रघुजी पन्त, गोकर्ण विष्ट उपाध्यक्ष निर्वाचित भएका छन्। महासचिव शंकर पोखरेल निर्वाचित भएका छन्। योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ उपमहासचिव निर्वाचित भएका छन्।

पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, भानुभक्त ढकाल, महेश बस्नेत सचिवमा निर्वाचित भएका छन्। यी पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुनेछन्।

यसबाहेक १४ जना स्थायी कमिटीमा निर्वाचित गर्नुपर्नेछ।

फरक समूह निर्माण गरी अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, उपाध्यक्षका प्रत्यासी विन्दा पाण्डे, उपमहासचिवका प्रतिस्पर्धी आनन्द पोखरेल, सचिवका प्रत्यासीहरू गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, अग्नि खरेल स्थायी कमिटी सदस्यका आकांक्षी हुन्। पदाधिकारीमा पराजित भए पनि उनीहरू केन्द्रीय सदस्य जितेका छन्।

स्वतन्त्र रूपमा उपसचिवमा उम्मेदवारी दिई पछि फिर्ता लिएका राजेन्द्र गौतम, सचिवका प्रत्यासी लालबाबु पण्डित पनि स्थायी कमिटी सदस्यका आकांक्षी हुन्। दुवै जना यसअघि नै स्थायी कमिटी सदस्य थिए।

फरक टिम बनाएर आफूसँग प्रतिस्पर्धा गर्न आएकाले अध्यक्ष ओलीले अहिले नै उनीहरूलाई स्थायी कमिटीमा समावेश गर्छन् कि गर्दैनन् भन्ने संशय रहेको उनी पक्षका एक नेताले बताए।

यसबाहेक संस्थापनबाट उपाध्यक्षको सूचीमा परे पनि उम्मेदवारी नदिएर केन्द्रीय कमिटीमा मात्रै निर्वाचित भएका प्रदीप ज्ञवाली, यसअघि नै स्थायी कमिटी सदस्य रहेका किरण गुरूङ, गोरख बोगटी, थममाया थापा, पोलिटब्युरो सदस्य भइसकेका तिलकुमार मेन्याङ्बो, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, शेरबहादुर तामाङ, जगत विश्वकर्मा, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, सूर्य थापा, ज्वालाकुमारी साह, खेममान खड्का टुकराज सिग्देल, सुजिता शाक्य, रामेश्वर फुयाल स्थायी कमिटी सदस्यको आकांक्षी छन्।

पोलिटब्युरो सदस्यका आकांक्षी त १५३ जनाभन्दा बढी छन्। दोहोरिएर केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका सबै जना पोलिटब्युरो सदस्यका आकांक्षी हुन्।

एमालेका स्थायी कमिटी र पोलिटब्युरो कार्यकारी कमिटी होइन। प्रायः निर्णय केन्द्रीय सचिवालयले नै गर्ने गर्छ। स्थायी कमिटी र पोलिटब्युरोको भूमिका सचिवालयको निर्णय अनुमोदन गर्नेजस्तो मात्रै देखिएको छ।

१० औं महाधिवेशनयता स्थायी कमिटी र पोलिटब्युरोको बैठक नगन्य बसेको थियो।

तथापि दोहोरिएर जित्ने अधिकांश केन्द्रीय सदस्यहरूको पोलिटब्युरो सदस्य बन्ने चाहना हुने भएकाले आकांक्षीहरूको व्यवस्थापन गर्न अध्यक्ष ओलीलाई सकस परिरहेको छ।

३३ सदस्य स्थायी कमिटी कटाउँदा ६६ जना मात्रै केन्द्रीय सदस्य पोलिटब्युरोमा अटाउँछन्। त्यसका लागि उनले १५३ जनाबाट नाम छान्नुपर्नेछ।

११ औं महाधिवेशनमा दोहोरिएर केन्द्रीय सदस्य जित्नेहरूः

पठानसिंह बोहरा
यज्ञबहादुर बोगटी
सहदेव बोगटी
कमलाकुमारी वली
भागिरथी सिंह
लिलाकुमारी भण्डारी
डम्बरबहादुर सिंह
दल फडेरा
नवराज रावत
विष्णु रिजाल
इन्दिराकुमारी पन्थी
मीनासिंह रखाल
मोहनमाया ढकाल
खड्कबहादुर खड्का
घनश्याम पाण्डे
भूमिश्वर ढकाल
गुमादेवी आचार्य
मेनका पोखरेल
शान्तिदेवी ढकाल
कृष्णबहादुर थापा
केदार सिग्देल
तीलबहादुर महत क्षेत्री
रामशरण बस्नेत
कल्पना चापागाईं
मञ्जु शर्मा चालिसे
सीमाकुमारी क्षेत्री
केशवराज पाण्डे

खेमप्रसाद लोहनी
रामेश्वर राना
नीरकुमारी कुँवर
प्रभा बराल
बिन्दा ढुंगाना
एकबाल मियाँ
राजकुमार लेखी
कल्पनाकुमारी कटुवाल
निर्मला देवकोटा
इन्द्र भण्डारी
जीवन घिमिरे
मानवीर राई
राम राना
रोमनाथ ओली
मञ्जु भण्डारी सुवेदी

मीना पोखरेल उप्रेती
मेनुका काफ्ले
रामेश्वर फुयाल
हरिकृष्ण व्यञ्जनकार
बिनाकुमारी श्रेष्ठ
सुजिता शाक्य
भगवती थापा कल्पना
अइन्द्रसुन्दर नेम्वाङ
गोकुलप्रसाद घर्तीमगर
सिपी घर्ती
चन्द्रमोहन गौचन
प्रेम तामाङ
राजेन्द्रकुमार राई
लिलबहादुर थापामगर
विषमलाल दनुवार
हेमराज राई
आशारत्न जवेगु
उषाकला राई
नरदेवी पुन
मञ्जुदेवी गुरूङ
सावित्रा राना
अजयकुमार गुप्ता
उमाशंकर अरगरिया
कुन्दनप्रसाद कुशवाहा
गंगाप्रसाद यादव
जगदिशप्रसाद कुसियत
रामचन्द्र मण्डल
सरोजकुमार यादव
हरिनारायण महतो
ज्वालाकुमारी शाह

प्रतीक्षा तिवारी
रामरति देवी राम
सरिताकुमारी गिरी यादव
सवितादेवी यादव
अफिलाल ओखेडा
गोबिन्दबहादुर नेपाली
जंग नेपाली
प्रभु हजरा दुसाध
बोमबहादुर विश्वकर्मा
मनोहर वि पौडेल
आशाकुमारी विश्वकर्मा
रुक्मणी राना बराइली
विष्णुमाया विक
कृपाराम राना
गौरिशंकर थारू चौधरी

नरुलाल चौधरी
बलवीरप्रसाद चौधरी
मञ्जुकुमारी चौधरी
शान्ता चौधरी
मोहम्मद हारून हलुवाई
महम्मद समीर
विनोद श्रेष्ठ
बदमी क्वारी बुढा
ऋषिकेश पोखरेल
ऐनबहादुर महर
कृष्णभक्त पोखरेल
गणेशसिंह ठगुन्ना
गिरधरीलाल न्यौपाने
गोविन्द थापा
चेतनारायण आचार्य
जगन्नाथ थपलिया
जीवन गौतम
झपट बोहरा
झपट रावल
तुलशी न्यौपाने
दधिराम न्यौपाने
दल रावल
दामोदर भण्डारी
दीपक कार्की
देवी ज्ञवादी
देवेन्द्र दाहाल
नीरज आचार्य
पदम गिरी
पार्वत गुरूङ
बलराम अधिकारी
भीष्म अधिकारी
महेस बर्तौला
माधव ढुंगेल
मीनबहादुर शाही
यज्ञराज सुनुवार
यमबहादुर परियार
रचना खड्का
रवीन्द्र अधिकारी
राजबहादुर बुढा क्षेत्री
राजीव पहारी
लालबहादुर थापा
सूर्य ढकाल
सूर्यप्रसाद पाठक
सूर्यबहादुर थापा क्षेत्री
सूर्यबहादुर थापा क्षेत्री
कमला बोहरा
सुनीता बराल
कोमल वली
गीत अधिकारी
गीता कार्की
टुकाभद्रा हमाल
निरुदेवी पाल
पार्वती रावल
प्रभा कोइराला
बालिका गिरी
विमला अर्याल
भगवती चौधरी
भगवती न्यौपाने
भारतीकुमारी पाठक
रामकुमारी झाक्री
शोभा ज्ञवाली
शिवकुमारी चौधरी
सन्तोषकुमारी शर्मा
सरिता भुसाल खनाल
सीताकुमारी सुन्दास
सूर्यकुमारी श्रेष्ठ
सुशीला नेपाल

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com