आफ्नै नेतृत्वमा दल गठनमा सक्रिय बालेन, रविको नेतृत्व नस्वीकार्ने संकेत

बुधबार बालेन साह ललितपुरको कुपण्डोलस्थित एक निजी निवासमा पुगेर राति अबेरसम्म छुट्टाछुट्टै तथा सामूहिक रूपमा छलफलमा संलग्न रहेका थिए ।



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । दल निर्माणको उद्देश्यसहित बालेनको टोलीले विभिन्न राजनीतिक दलका नेताहरू, पत्रकार, नागरिक समाजका अगुवा, कलाकार तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिसँग व्यापक परामर्श सुरु गरेको छ ।

बुधबार बालेन साह ललितपुरको कुपण्डोलस्थित एक निजी निवासमा पुगेर राति अबेरसम्म छुट्टाछुट्टै तथा सामूहिक रूपमा छलफलमा संलग्न रहेका थिए । स्रोतका अनुसार उक्त छलफल आज पनि निरन्तर हुने तयारी छ ।

advertisement

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टका प्रतिनिधिहरू तथा केही पत्रकारहरूको सहभागिता रहेको थियो । विशेषगरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, मिलन पाण्डे, जेन–जेजी फ्रन्टकी संयोजक रक्षा बम तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्वाचनमा प्रतिस्पर्धा गरेका युवा अभियन्ता सागर ढकाल छलफलमा सहभागी भएका थिए ।

यस्तै, मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलासँग पनि बालेनले राजनीतिक विषयमा विचार–विमर्श गरेका थिए । स्रोतका अनुसार बालेन साह नेतृत्वको समूहले आज पनि विभिन्न क्षेत्रका व्यक्तिसँग छलफललाई निरन्तरता दिने योजना बनाएको छ ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com