काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश–विदेशमा रहेका सबै दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भनेकी छिन्, ‘प्रेम, शान्ति, करुणा र सद्भावको संदेश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ बलियो बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्।’

advertisement

उनले नेपालको विविध धर्म, भाषा र संस्कृतिको मेलमिलाप भएको समाजमा क्रिसमसजस्ता पर्वहरूले राष्ट्रिय एकतालाई मजबुत बनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको पनि जोड दिइन्।

प्रधानमन्त्री कार्कीले यस अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेकी छिन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com