काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा सहकार्यका विषयमा उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग छुट्टै छलफल गरेका छन्।
उच्च स्रोतका अनुसार बिहीबार बिहान सम्पन्न उक्त छलफलमा आगामी चुनावमा सहकार्य गर्ने सम्भावनाबारे सकारात्मक वार्ता भएको छ।
छलफलपछि बालेन शाह ललितपुरमा रास्वपा सभापति रवि लामिछाने, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायतसँग बैठक गर्दै आगामी रणनीति तयार गर्ने तयारीमा छन्।
बैठकका लागि बालेनका नजिकका सहयोगीहरूले कुमार बेनको ज्वागलस्थित निवासमा सबै नेताहरूलाई उपस्थित गराइसकेका छन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया