काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जारी छलफलमा जेनजी फ्रन्टकी संयोजक रक्षा बम र जेनजी अभियन्ता पुरुषोत्तम यादव पनि सहभागी भएका छन्।
बिहीबार ललितपुरमा दुई नेताबीच भइरहेको वार्ता अहिले थप सक्रिय बनेको छ। स्रोतका अनुसार, छलफल आगामी निर्वाचनअगाडि नयाँ राजनीतिक शक्तिहरूलाई एकजुट पार्ने प्रयासको रूपमा चलिरहेको छ।
त्यसैबीच, जेनजी अभियन्ता सुदन गुरुङले पनि दबाबका रूपमा छलफलस्थलमा आफ्नो उपस्थिती जनाएको छ। यसले वैकल्पिक शक्ति निर्माण र आगामी चुनावका लागि तालमेलका प्रयासलाई थप गति दिएको बताइएको छ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया