काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको वार्ता सकारात्मक भएको बताएका छन् ।
वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको थियो। स्रोतका अनुसार, वार्ता समाप्त भइसकेको भए पनि दुई नेताबीचको कुराकानी र वार्ताका विषयवस्तुबारे विस्तृत जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन।
राजनीतिक विश्लेषकहरूले यस बैठकलाई आगामी निर्वाचनअगाडि वैकल्पिक शक्ति निर्माण र गठबन्धनका प्रयाससँग जोडेर हेरिरहेका छन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया