काठमाडौँ । ललितपुरको कुपण्डोल ज्वागलस्थित एक घरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग करिब साढे २ घण्टा लामो छलफल सकेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्।
मेयर बालेन्द्रसँग भेटवार्ता सकेर निस्किएका रविले के कुराकानी भयो भन्नेबारे पत्रकारले सोध्दा विस्तृतमा केही बताउन चाहेनन्।
वार्ताको परिणामबारे सञ्चारकर्मीलाई तीव्र चासो थियो । तर, रविले ठोस प्रतिक्रिया दिन चाहेनन् ।
वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ रवि भने जवर्जस्ती अनुहारमा हाँसो देखाउन खोजीरहेको जस्तो देखिन्थे।
मेयर बालेन साह लौरो नै टेक्ने हो कि घन्टी बजाउने हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अलिकति प्रतीक्षा गर्नुस न ।’
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया