काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आक्रामक टिप्पणी गरेका छन्।

स्याङ्जा, वालिङमा बिहीबार आयोजित कार्यक्रममा प्रसाईंले रविलाई लक्षित गर्दै भने, ‘बाहिर के भनिए पनि बाघ आयो, बाघ! बाघ आएको छ, सहकारी जोगाउनुहोस्।’

advertisement

प्रसाईंले भदौ २४ गते सिंहदरबारमा भएको आगजनी, अदालतमा आगो लगाउने र रविलाई नख्खु कारागारबाट रिहा गर्ने घटना एउटै समूहद्वारा गरिएको दाबी पनि गरे। उनले भने, ‘सिंहदरबारमा आगो लाग्यो, त्यसै टोलीले अदालतमा पनि आगो लगायो र रविलाई छुटायो। अहिले रवि जेलबाट बाहिर छन्।’

रवि जेलबाट छुटेपछि उनलाई भेट्ने विषयमा पनि प्रसाईं आक्रोशित देखिए। उनले प्रश्न गरे, ‘सुदन गुरुङ रविसँग जान्छन्। अर्को पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन? कत्रो साँठगाँठ रहेछ?’

प्रसाईंले रविले आफ्नो भागको जिम्मेवारी तिर्ने भन्दै निस्केको बताएर दोषी रहेको आफैले स्वीकार गरेको उल्लेख गरे।

यसरी प्रसाईंले रवि लामिछानेमाथि राजनीतिक आरोप र आपत्ति जनाउँदै ती घटनालाई संयुक्त र पूर्व नियोजित भएको दाबी गरेका छन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com