काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे विस्तृत छलफल भएको पुष्टि गरेका छन्।
बिहीबार शाहीले जनाएअनुसार, महानगर प्रमुख शाहले वैकल्पिक शक्तिहरु मिलेर अघि बढ्नु अपरिहार्य रहेको र यसमा युवाशक्तिसमेत एकीकृत भएर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
शाहीका अनुसार, छलफलको मुख्य एजेण्डा मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर अघि बढ्ने उपाय थियो। उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बलियो बनाउने उद्देश्यले वैकल्पिक शक्ति निर्माण अनिवार्य भएकोमा जोड दिए।
त्यसैगरी, शाहीले भने कि यो प्रयास निर्वाचनमात्रका लागि नभई मुलुकको दीर्घकालीन हितका लागि पनि महत्वपूर्ण रहेको छ। बैठकमा देश निर्माण र राजनीतिक स्थिरताको लागि विभिन्न युवाशक्ति र वैकल्पिक राजनीतिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल भएको पनि उनले बताए।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया