काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसम परिवर्तनका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको बताएका छन्।
संयोजक दाहालले आज जारी गरेको अपिलमा तराई–मधेशमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको उल्लेख गरेका छन्। चिसोबाट सबैभन्दा बढी समाजका गरीब तथा सिमान्तकृत वर्ग प्रभावित भएको बताउँदै उनले उनीहरूलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउन सबै सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
उनले सम्भावित मानवीय क्षति र स्वास्थ्यसम्बन्धी समस्या रोक्न आवश्यक प्रतिकार्यका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई सक्रिय हुन अपिल गरेका छन्। साथै, प्रभावित समुदायका लागि आवश्यक सहयोग संकलन तथा राहत वितरणका कामलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया