काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी तीव्र बन्दै गएको अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज त्रिपक्षीय भेटवार्ता हुने भएको छ।
यसअघि विभिन्न चरणमा छुट्टाछुट्टै छलफलपछि तीनै जना नेताहरू निर्णायक छलफलका लागि एकैपटक भेट्न लागेका हुन्। कुलमान घिसिङ निकट स्रोतका अनुसार आजको भेटलाई महत्त्वपूर्ण मानिएको छ।
यसअघि बिहीबार घिसिङ र लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया