काठमाडौं । चर्चित कलाकार दीपक राज गिरी जेनजी अभियन्ता मिरज ढुङ्गानाको पक्षमा देखिएका छन्। उनले मिरज ढुङ्गानाका अभिव्यक्तिहरूमा गहिरो परिपक्वता र स्पष्टता पाएको बताएका छन्।
आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा मिरजको एक तस्बिरसहित स्ट्याटस लेख्दै गिरीले प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्, ‘यी मिरज भाइसँग मेरो दोहोरो चिनजान त छैन, तर यिनका अभिव्यक्तिमा धेरै परिपक्वता पाउँछु…!’
मिरज ढुङ्गाना ‘गरी खान देऊ’ अभियानका संयोजक हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा उनको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ। केही दिनअघि उनी माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिसकेका छन्।
ढुङ्गानाले चुनावमा जाने अघि मुलुकमा सुशासन सुनिश्चित गर्नुपर्ने र ‘सर्वपक्षीय सरकार’ गठन गर्नुपर्ने आवश्यकता रहेको पनि जोड दिएका छन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया