काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई अब म्याद थप नगरी हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो।

विशेष सरकारी वकिल कार्यालयकी सूचना अधिकारी एवं सहायक न्यायाधिवक्ता सरिता पोख्रेलका अनुसार शेरचनलाई हिरासतमा राखिराख्ने आवश्यकता नरहेको निष्कर्षसहित रिहा गर्ने निर्णय गरिएको हो। उनले भनिन्, ‘उहाँको म्याद अब थप नगर्ने निर्णय भएको छ। उहाँ हाजिरी जमानीमा रिहा हुनुहुनेछ।’

advertisement

शेरचन मंसिर १४ गते पक्राउ परेका थिए। २७ दिन हिरासतमा बिताएपछि उनी रिहा हुन लागेका हुन्।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com