काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा आज साँझसम्म साह, लामिछाने र घिसिङबिच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ ।

advertisement

हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । ‘सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुन्छ । केहि फरक नभए भोलि एकता घोषणा सभा हुन्छ,’ स्रोतले भन्यो ।

आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com