काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन्। उनले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा पार्टीको अडान यथावत रहेको बताएका छन्।
शुक्रबार हात्तिवनस्थित निवासमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै बहानामा पनि निर्वाचन टार्न नहुने धारणा राखेका हुन्। नेपाली कम्युनिस्ट पार्टी निर्वाचनप्रति पूर्ण प्रतिबद्ध रहेको र तोकिएको मितिमा चुनाव हुनैपर्ने विषयमा पार्टीको स्पष्ट र दृढ दृष्टिकोण रहेको उनले दोहोर्याए।
मन्त्री खरेलका अनुसार प्रचण्डले निर्वाचन सफल बनाउन सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक तथा प्राविधिक तयारीलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको जानकारी पनि खरेलले दिए।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया