काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिरी जमानीमा रिहा भएका छन्। सरकारी वकिलको कार्यालय, काठमाडौँले आवश्यक प्रमाण तत्काल उपलब्ध नभएको र स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राख्दै उनलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले शेरचनको हिरासतमुक्त भएको जानकारी दिँदै भने, ‘हामीले बयानसहितका बाँकी अनुसन्धानका कामका लागि म्याद थप गर्ने तयारी गरेका थियौँ, तर सरकारी वकिलको निर्णयपछि उहाँ रिहा हुनु भएको हो।’

advertisement

विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनकुमार बस्यालले भने, ‘अघिल्लो पटक म्याद थपका लागि पेश गर्दा विशेष अदालतले तत्काल थप प्रमाण पेश गर्न आदेश दिएको थियो। तर हालसम्म ती प्रमाणहरू प्राप्त नभएका कारण र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर म्याद थपका लागि पठाइएको थिएन। अहिलेलाई बाहिर राखेर पनि अनुसन्धान सम्भव देखिएको छ।’

प्रहरीले शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई १४ मंसिरमा विजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com