काठमाडौं । मेरठ, उत्तर प्रदेशमा विवाह टुङ्गो भएको भए पनि अचानक रद्द भएपछि एक युवतीले विरोध स्वरूप गाउँकै बिजुलीको पोलमा चढेर आफ्ना लागि बिहे गराइदिन दबाब दिएका घटनापछि गाउँ नै हलचलमा परेको छ।

मेरठ सिटीका प्रहरी वरिष्ठ उपाधीक्षक (एसपी) आयुष विक्रम सिंहका अनुसार, लामो प्रयासपछि युवतीलाई पोलबाट सुरक्षित रूपमा उतार्न सफल भएको बताए।

advertisement

दौराला थाना क्षेत्र अन्तर्गत मवीमीरा गाउँकी ती युवतीको लावड गाउँका एक युवकसँग पारिवारिक सहमतिमा विवाह तय भएको थियो। तर केही दिनपछि विभिन्न कारण देखाउँदै विवाह रद्द भएपछि युवती दुखी भइन् र बारम्बार परिवारसँग विवाह गराइदिन आग्रह गरिन्। परिवारले उनको कुरा नसुनेपछि युवती घरबाट निस्केर नजिकैको विद्युत् पोलमा चढिन्।

युवती पोलमा चढेपछि गाउँले र परिवारका सदस्यहरू जम्मा भएर उनलाई तल आउन आग्रह गरे। तर उनले बिहे गराइदिनुपर्ने माग राख्दै, नभए पोलबाट हाम फाल्ने चेतावनी दिइन्। प्रहरी र गाउँका अन्य सदस्यको उपस्थितिमा अन्ततः उनको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एसपी सिंहका अनुसार अहिले दुवै पक्षका परिवारसँग काउन्सिलिङ भइरहेको छ। प्रहरीले ती युवती र विवाहमा सम्लग्न युवकको पहिचान गोप्य राखेको छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com