काठमाडौं । सरकारले देशका विभिन्न जिल्लाको ९ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नागरिकलाई प्रशासनिक सेवा थप सहज र सुलभ बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले ताप्लेजुङको सिरिजंघा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपी नगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली तथा सङ्खुवासभाको हेदाङनागढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने जानकारी दिएका हुन ।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया