काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार












प्रतिक्रिया