काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्वका लागि सही व्यक्तिलाई चुनिनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय घर निर्माण फेस्टको अवसरमा बोल्दै उनले उज्यालो नेपाल अभियानलाई साकार पार्न योग्य नेतृत्व आवश्यक रहेको बताए।

advertisement

उनले भने, ‘चुनाव आउँदैछ, त्यसमा देश निर्माणका लागि योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा पठाउनुहोस्। सही नेतृत्व नआएसम्म विकास, समृद्धि र सुशासनका कुरा ओझेलमा पर्छन्। देशले डेलिभरी खोजेको छ, र डेलिभरी दिनसक्ने नेतृत्वलाई मात्र जिताउनुपर्छ।’

कुलमान घिसिङले वर्तमान सरकार छोटो अवधिको लागि गठन भएको र यसबाट धेरै अपेक्षा गर्नु उपयुक्त नहुने पनि स्पष्ट पारे। उनले थपे, ‘नेपालमै घर र गाडी जोड्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ ताकि युवाहरू विदेश नजाओस्।’

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com