काठमाडौं । नेपाल प्लाइउड उत्पादक संघको २६ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौको बुढानिलकण्ठस्थित ‘लेमन ट्री’ होटलमा भएको साधारणसभामा देशभरका प्लाइउड उद्योगी व्यवसायीको सहभागीता रहेको थियो।
साधारणसभामा बन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईं, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य शिव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।
संघका अध्यक्ष होमप्रसाद घिमिरेले निर्यातको अत्याधिक सम्भावना रहेको प्लाइउड उद्योगको प्रबर्द्धन र बिकाशका लागि सरकारले उद्योगी व्यवसायीसँग सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे। घिमिरेले प्लाइउड उद्योग पछिल्ला तीन–चार वर्षदेखि आत्मनिर्भर बन्दै निर्यातसमेत भइरहेको बताए ।
नेपालको वन क्षेत्रको समुचित उपयोगबाट आर्थिक समृद्धि सम्भव रहेको उल्लेख गर्दै कच्चा पदार्थ स्वदेशमै सदुपयोग गर्नुपर्नेमा घिमिरेले जोड दिए ।
प्लाइउड उद्योगले प्रत्यक्ष २० हजार र अप्रत्यक्ष गरी ५० हजारभन्दा बढीलाई रोजगारी दिँदै आएको भन्दै प्लाइउड उद्योगको संरक्षणमा सरकारको निरन्तर सहयोग आवश्यक रहेको बताएका छन् ।
संस्थापक अध्यक्ष देवानन्द सरावगीले प्लाइउड उद्योगको इतिहासदेखी बर्तमानसम्म देशको अर्थतन्त्रमा खेलेको भुमिका समस्या, चुनैती र समाधानका पहल सहितको ‘प्रीजेन्टेसन’ गरेका थिए ।
नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले ४६% जंगल रहेको नेपालमा आन्तरिक श्रोत साधनको अधिकतम उपयोग गरेर देशको अर्थतन्त्र उकास्नुपर्नेमा जोड दिँदै प्लाइउड उद्योगले त्यसका निम्ति प्रयत्न गरेको र यस प्लाइउड उद्योगको प्रबर्द्धन र बिकासका लागि नेपाल उद्योग वाणीज्य महासंघको तर्फबाट आफुले सक्दो प्रयत्न गर्ने बताए ।
निर्यात व्यवसायी महासंघका अध्यक्ष गोवीन्द प्रसाद घिमिरेले आयात प्रतिस्थापनमा भुमिका खेलेको प्लाइउड उत्पादक संघलाइ धन्यवाद व्यक्त गर्दै आफ्नो देशको कच्चा पदार्थलाई प्रयोगगरी आन्तरिक श्रोतको प्रयोग मार्फत अर्थतन्त्र सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।
घिमिरेले रुख काट्न चुनौती रहेको र सानो कर्ममा पनि मुद्दा मामिलामा फस्नपर्ने वाध्यता रहेको भन्दै त्यसका लागी समाधानमा सरकारले सहजीकरणको भुमिका निर्वाह गर्नु पर्ने बताए।
उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य शिव प्रसाद घिमिरेले नेपालको विकासको बाधक नै वन मन्त्रालय भएको बताए।
बर्षको ७ अर्ब भन्दा बढीको राजस्वमा योगदान गर्ने वन क्षेत्रको हजारौं विघा जमिन बाँझो छ । त्यसमा बृक्षारोपण गर्नुपर्छ भन्ने चेतना फैलाउनु पर्नेमा उनले जोड दिए।
वनमन्त्री माधवप्रसाद चौलागाईंले वन उद्योगको प्रबर्द्धन र बिकासका लागि जति समय जिम्मेवारीमा रहिन्छ त्यति समयमा निरन्तर कृयाशिल रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा संस्थाको योगदानमा लामो समयदेखि संघर्ष गर्ने व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया