काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले निर्वाचनका लागि दलहरूबीच सकारात्मक वातावरण बनेको बताएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका सभापति देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनका विषयमा छलफल गरेकी थिइन्।
छलफलपछि देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार छन्। कांग्रेस तयार छ, एमाले तयार छ, अन्य दलहरू पनि तयार छन्।”
उनले निर्वाचन सफल बनाउन सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “सरकारले चुनावका लागि सुरक्षित वातावरण तयार गर्नुपर्छ।”
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया