काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै प्रमुख राजनीतिक दल निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन्। शनिबार पुस १२ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

देउवाका अनुसार राजनीतिक दलहरू चुनावमा जान इच्छुक भए पनि हालसम्म निर्वाचनका लागि अनुकूल वातावरण बन्न सकेको छैन। निर्वाचन सफल बनाउन सरकारले आवश्यक वातावरण सिर्जना गर्नुपर्ने र देशभर सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

advertisement

उनले भने, कांग्रेससहित सबै दल चुनावमा जान तयार छन्। एमाले पनि तयार छ। तर अहिले चुनावको वातावरण बनेको छैन। सरकारले वातावरण बनाउनुपर्छ र सुरक्षा सुनिश्चित गर्नुपर्छ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com