काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता सम्झौता भएको छ। लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि आइतबार बिहान ४ः१५ बजे रास्वपाका सभापति रवि लामिछाने र बालेनले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिको मुख्य बुँदामा रास्वपाको सभापति रवि लामिछाने रहने र बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषय समेटिएको छ।
सहमति पश्चात् दुवै नेताले सामाजिक सञ्जाल फेसबुकमार्फत संक्षिप्त प्रतिक्रिया दिएका छन्। बालेनले सहमतिपत्रमा हस्ताक्षर गरिरहेको तस्बिर साझा गर्दै “शुभप्रभात” लेखेका छन् भने रवि लामिछानेले देशलाई आवश्यक सहमति भएको सन्देश दिएका छन्।
“सहमति भनेको नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ,” रविले लेखेका छन्।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया