काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’को सहमतिपछि रास्वपा उपसभापति स्वर्णिम वाग्ले खुशी व्यक्त गरेका छन्।
उहाँले सामाजिक सञ्जालमार्फत बालेन्द्र शाह अब रास्वपा नेता भएको उल्लेख गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ:
बालेन्द्र शाह: अब रास्वपा नेता। आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार












प्रतिक्रिया