काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएको खबरप्रति धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गम्भीर असन्तोष व्यक्त गरेका छन
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – “हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको रहेछ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रहेछ!”
राष्ट्रिय स्वतन्त्र पार्टी र मेयर बालेन शाहबीच आज बिहान मात्र भएको सहमतिअनुसार, पार्टी सभापति रवि रहनेछन् भने बालेन शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने विषयमा सहमति भएको छ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया