काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको हिस्सामा ४० जना उम्मेदवार पर्ने भएका छन्। यो सहमति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको  हाे।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरूको नामावली बुझाउने कार्यक्रम छ। समानुपातिकतर्फ कुल ११० जनाको नाम बुझाउनु पर्ने हुन्छ। स्रोतका अनुसार बालेन शाह पक्षका ४० जना र बाँकी ७० जना रास्वपाका उम्मेदवारको सूची बुझाउने सहमति भएको छ।

advertisement

रास्वपा र बालेनबीच आइतबार बिहान भएको सातबुँदे सम्झौता पत्रमा यस विषय उल्लेख नभए पनि, मौखिक रूपमा समझदारी भएको स्रोतले जानकारी दिएका छन्।

स्रोतका अनुसार, ‘समानुपातिकतर्फ बालेनजीको पक्षबाट ४० जनाको सूची तयार गरिनेछ, बाँकी ७० जना रास्वपाका उम्मेदवार रहनेछन्।’ साथै, विभिन्न जेन्जी समूहका अगुवा पनि बालेनको सूचीमा समावेश हुने जनाइएको छ।

रास्वपाले समानुपातिक सांसद उम्मेदवार चयन प्रक्रियामा आन्तरिक भोटिङ प्रणाली लागू गरेको छ। पार्टीका अनुसार लोकप्रिय मत प्राप्त गर्ने उम्मेदवारलाई अन्ततः सूचीमा समावेश गरिनेछ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com