मोरङ । जहदा गाउँपालिका-२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्रामसहित २ जना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन-५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

advertisement

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीले पछिल्ला केहीदिन यता विभिन्न जिल्लामा ठूलाे परिमाणमा लागू‍औषध बरामद गरिरहेकाे छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com