काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका छन्। आज बिहान ४:१५ बजे रास्वपाका सभापति रवि लामिछाने र महानगर प्रमुख शाहबीच एकता सम्बन्धी सहमति भएको हो।

सहमति अनुसार बालेन शाह रास्वपाको राजनीतिक यात्रामा औपचारिक रूपमा जोडिएका छन्।

advertisement

रास्वपाका सभापति रवि लामिछानेले यो एकतालाई “देशमा वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउने ऐतिहासिक कदम” भन्दै सुशासन र नागरिकको भरोसा पुनर्स्थापना गर्न निर्णायक मोड हुने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी, महानगर प्रमुख बालेन शाहले पनि नागरिक अपेक्षा पूरा गर्न संस्थागत राजनीतिक शक्तिसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नीति, प्रणाली र परिणाममा आधारित राजनीति अघि बढाउने संकल्प दोहोर्‍याएका छन्।

 

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com