काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख  राजु पाण्डेसँग बयान लिएको छ।

जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा गठन गरेको समितिले आइतबार पाण्डेसँग सोधपुछ गरेको हो।

advertisement

स्रोतका अनुसार, भदौ २३ र २४ गतेका जेनजी आन्दोलनको क्रममा पाण्डेले आन्दोलनकारीलाई सहयोग गरेका थिए। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार, उनले भदौ २३ गतेको विध्वंस मच्चाउने गतिविधिमा सहभागीहरूलाई उक्साएका थिए।

आयोगले सोधपुछको क्रममा महानगर प्रहरीको भूमिका, आन्दोलन रोक्न गरिएको प्रयास, र विध्वंसका घटनाबारे करिब दुई घण्टा विस्तृत रुपमा जानकारी लिएको जनाएको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com