काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आजै आफ्नो कार्यकाल सक्दै बिदा हुने भएका छन्।

सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, घिमिरेले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन्। संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा अदालतमा पुगेको कारण उनले सार्वजनिक घोषणा नगरी बिदा हुने निर्णय गरेका हुन्।

advertisement

अधिकारीले भने, ‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित निकायमा जवाफ दिनुपर्ने अवस्था आएकोले प्रक्रियागत रूपमा अप्ठ्यारो हुन सक्ने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ। आजैदेखि कार्यालयमा उपस्थित हुनुहुन्न र निवास सर्ने तयारी पनि गर्नु भएको छ।’

संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख आफ्नो पदमा बहाल रहन्छन् र प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पदमा रहन सक्ने प्रावधान छ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। आज र भोलि आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यक्रम छ। यसअनुसार, सभामुख र उपसभामुखको कार्यकाल आज राति १२ बजेदेखि औपचारिक रूपमा सकिनेछ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com