काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन्। सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयले प्रयोग गर्दै आएको सवारीसाधन बुझाएर उनी फर्किएकी हुन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार उपसभामुख रानामगरले सचिवालयबाट प्रयोगमा रहेको गाडी फिर्ता गरी कार्यालय छाडेकी हुन्।

advertisement

संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख र उपसभामुखको कार्यकाल समाप्त हुने व्यवस्था छ। तर उम्मेदवारी दाखिलाको मिति कुनलाई मान्ने भन्ने विषयमा संविधान स्पष्ट नभएकाले विवाद उत्पन्न भएको छ।

समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनलाई मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनलाई कार्यकाल समाप्त हुने मिति मान्ने भन्नेमा फरक–फरक व्याख्या देखिएको छ।

यसैबीच, सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन पद छाड्ने जानकारी दिएको उनको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने मिति पुस १३ र १४ गते तोकिएको छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने तय गरिएको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com