काठमाडौं । नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

advertisement

आज मिड सोलु हाइड्रोको सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com