काठमाडाैं । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो ।

माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ३० जनालाई माइती नेपालको संरक्षण गृहमा राखिएको बताइन् । “बाँकी ३३ जना महिला तथा किशोरीलाई भने नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको थियो”, उनले भनिन् ।

advertisement

माइती नेपालले सन् २०२४ मा सीमाक्षेत्रबाट एक सय ३५ जना महिला तथा किशोरीको उद्धार गरेको थियो भने सन् २०२३ मा भने एक सय ९२ जना महिला तथा किशोरीको उद्धार गरेको थियो । “जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका रहेका छन्”, पर्यवेक्षक पौडेलले भनिन्, “१९ वर्षमाथिको सङ्ख्या भने एक सय २३ जना रहेका छन् ।”

माइती नेपालले सन् २०२५ मा करिब २० हजार दुई सय ३१ सवारी साधनको जाँच गरेको थियो भने २२ हजार पाँच सय जनालाई मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

  • रासस

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com