महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएका पुर्नवास नगरपालिका–६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए ।

advertisement

सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ, उनले भने, दाउरा घाँसका लागि जङ्गलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन् ।

प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ । आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ, प्रहरी निरीक्षक कार्कीले भने, तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन ।

  • रासस

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com