काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता प्रेमबहादुर सिंहले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका छन्।

छ पटक मन्त्री भइसकेका सिंह कालिकोट जिल्लाबाट खस–आर्य पिछडिएको समूहको समानुपातिक कोटामा सर्वसम्मत सिफारिसमा परेका थिए। सो सिफारिसप्रति कृतज्ञता व्यक्त गर्दै उनले निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

advertisement

राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा संविधानसभा सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका सिंहले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘छ पटक मन्त्रीको हैसियतमा देशको सेवा गर्ने अवसर पाएपछि यसपटकको निर्वाचन नलड्ने निर्णय गरेको छु।’

आफूले राजनीतिमा आर्जन गरेको अनुभव र ज्ञान पार्टी निर्माण तथा सुदृढीकरणमा प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यसअघि नेकपाकी नेता तथा पूर्वमन्त्री पम्फा भुसालले पनि आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरिसकेकी थिइन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com