काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिनेबारे सर्वसाधारणको राय मागेकी छन्। आइतबार फेसबुकमा पोल राख्दै उनले सक्रिय राजनीतिमा प्रवेश गर्नुपर्ने वा नपर्ने विषयमा शुभचिन्तकसँग मत मागेकी हुन्।

लामो समयदेखि सामाजिक काममा सक्रिय तामाङले सात वर्षअघि सरसफाइ अभियानलाई संस्थागत गर्दा पनि जनमत लिएको स्मरण गर्दै यसपटक पनि महत्त्वपूर्ण निर्णयअघि जनताको भावना बुझ्न चाहेको बताएकी छन्।

advertisement

उनले राखेको ‘राजनीतिमा आउनु पर्छ या पर्दैन?’ भन्ने पोलमा समाचार तयार पार्दासम्म ९३ प्रतिशतले ‘आउनु पर्छ’ र ७ प्रतिशतले ‘आउनु पर्दैन’ भन्ने मत दिएका छन्।

निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोल तातिरहेको बेला स्वतन्त्र पहिचान बनाएका सामाजिक अभियन्ताहरू पनि राजनीतिमा आउन इच्छुक देखिन थालेका छन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com