काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिले आफूहरुलाई कुनै ठूलो असर नपर्ने टिप्पणी गरेका छन् ।

उनले रवि र बालेन मिल्दैमा आत्तिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि मिडियाकर्मीहरुले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

advertisement

उनले रवि र बालेन दुवैमाथि यअसघि नै गम्भीर प्रश्न उठेको भन्दै कांग्रेसलाई उनीहरु मिल्दैमा कुनै असर नपर्ने जिकिर गरेका हुन् । उनले भने,‘पुराना दल त्यसमा पनि कांग्रेस नै विश्वसनीय पार्टी हो।

यसको धेरै ठुलो जनधार देशैभरि फैलिएको छ। उहाँहरूको जुन क्रियाकलाप देखिएको छ, उहाँहरुविरुद्ध गम्भीर प्रश्न उठेका छन्। त्यसैले उहाँहरू मिल्दैमा कांग्रेस आत्तिएको छैन। मिल्ने उहाँलाई स्वतन्त्र अधिकार छ।’

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com