काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच जारी संघर्ष तत्काल रोकिएको र दुवै देश शान्तिपूर्ण सहअस्तित्वतर्फ अग्रसर भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले दुवै देशका नेताहरूले छिट्टै सही निर्णयमा सहमति जनाएको उल्लेख गर्दै यस प्रक्रियामा अमेरिका सफल भएको बताएका छन्। उनले लेखेका छन्, “अमेरिकाले सहयोग गर्न पाउँदा गर्व लागेको छ। पछिल्ला ११ महिनामा मैले आठ वटा संघर्ष रोक्न सफल भएको छु। वास्तवमा अमेरिका नै असली संयुक्त राष्ट्र बनेको छ।”
थाइल्यान्ड र कम्बोडियाबीच करिब २० दिनदेखि जारी लडाइँपछि दुबै पक्ष संघर्षविराम गर्ने तयारीमा पुगेका हुन्।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया