काठमाडौँ। नेकपा एमालेले आगामी पुस २० गतेभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचन क्षेत्रीय कमिटीमार्फत पुस २० गतेभित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो। पार्टी सचिव डा. राजन भट्टराईले बैठकको निर्णयबारे जानकारी दिएका हुन्।
त्यसैगरी बैठकले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको नाम सुझावसहित पारित गरेको पनि भट्टराईले बताए।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया