काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले आफ्नो पार्टी छोडेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीच भएको पार्टी एकतालाई स्वीकार गर्दै आज जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा उल्लेख छ, ‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरिएको छ।’

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया