काठमाडौं । माइतीघर मण्डलामा सात दिनदेखि आमरण अनसनमा रहेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका भुसालको अवस्थाप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार भुसाललाई रिँगटा लाग्ने, शरीर सुन्निने जस्ता जटिल समस्या देखिएका छन्। उनको जीवन रक्षाका लागि तत्काल आवश्यक कदम चाल्न संघले सरकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया