काठमाडौं । उज्यालो नेपाल पार्टीले अन्य दलसँगको एकता प्रयास सफल नहुँदा समानुपातिकतर्फ उम्मेदवार सूची तयार गर्ने कार्य अघि बढाएको छ।

उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताको प्रयास गरेको थियो। प्रारम्भमा काठमाडौंका मेयर बालेनसँगको एकतालाई पहिलो प्राथमिकता दिइएको थियो। बालेन रास्वपासँग मिलेर त्रिपक्षीय संवाद भए पनि अन्ततः सहमति जुट्न सकेन।

advertisement

हिजो राति पनि रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच एकताका लागि अन्तिम संवाद भइरहेको थियो।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची पेश गर्ने अन्तिम म्याद आज तोकेको छ। दलहरूले समावेशीताको आधारमा ११० उम्मेदवारको सूची आयोगमा बुझाउनुपर्नेछ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com