काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा छाडेको छ। अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका  सीआईबीका एआइजी मनोज केसीले जानकारी दिएका छन्।

अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले जमानतमा छाडेको हो। एआइजी केसीका अनुसार, ‘उच्च अदालत पाटनको अनुमतिअनुसार अग्रवालसँग धरौटी लिएर छाडिएको हो। धरौटी बुझाएर रिहा भए पनि अनुसन्धान भने जारी रहनेछ।’

advertisement

दफा १५ अनुसार, अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिलाई उपयुक्त ठानेमा सरकारी वकिलको सहमतिमा वा कारण उल्लेख गर्दै धरौटी वा जमानतमा छाड्न सक्ने व्यवस्था गरिएको छ।

सीआईबीले अग्रवाललाई पुस ४ गते पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डको उजुरीपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com