काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार सुरु भएको छ। काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आगामी निर्वाचनका सन्दर्भमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

बैठकको प्रमुख एजेन्डा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिनु रहेको छ। रास्वपाले यसपटक समानुपातिक सांसद छनोटका लागि परम्परागत अभ्यासभन्दा फरक ढंग अपनाउँदै ‘प्राइमरी इलेक्सन’ प्रणाली प्रयोग गरेको थियो।

advertisement

पार्टी सदस्यहरूबीच आन्तरिक प्रतिस्पर्धा गराई मतका आधारमा उम्मेदवारहरूको प्रारम्भिक रोस्टर तयार गरिएको थियो। आजको केन्द्रीय समिति बैठकले सोही प्राइमरी इलेक्सनबाट सर्वाधिक मत प्राप्त गरी छनोट भएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै निर्वाचन आयोगमा बुझाउने अन्तिम सूची टुंग्याउने बताइएको छ।

नेतृत्वले मनोनीत वा ‘गोजीबाट नाम छान्ने’ प्रवृत्तिको अन्त्य गर्ने लक्ष्यसहित लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवार छनोट गरिएको रास्वपाको दाबी छ। केन्द्रीय समितिबाट सूची पारित भएलगत्तै निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com