काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक र पूर्वाग्रहरहित ढंगले सूक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन्।
आइतबार आयोगसमक्ष बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले आयोगले ती घटनाको समग्र विश्लेषण गरी विस्तृत अध्ययनका आधारमा प्रतिवेदन तयार पारेर सरकारलाई सिफारिस गर्नुपर्ने बताएका हुन्।
‘आयोगले भदौ २३ र २४ गते भएका घटनालाई निष्पक्ष, वस्तुनिष्ठ र तथ्यपरक रूपमा विश्लेषण गर्दै अत्यन्त सूक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गरोस्,’ उनले भने।
लेखकले आवश्यक परे पुनः बयान दिन आफू तयार रहेको पनि स्पष्ट पारे। ‘आवश्यक परे फेरि पनि बोलाउनुस् भनेको छु। थप बुझ्नुपर्ने वा सुन्नुपर्ने भए म उपस्थित हुन्छु,’ उनले भने, ‘म जवाफदेहितामा विश्वास गर्छु। उठेका प्रश्नको जवाफ दिनु आवश्यक छ।’
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया