काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) सँग पनि चुनावी सहकार्य हुन सक्ने संकेत गरेका छन्।

सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुगेका पाण्डेले एमालेसँग आन्तरिक वार्ता सुरु भएको संकेत गर्दै सहकार्यको सम्भावना सधैं खुला रहने बताए। उनले देश, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एउटै विचारधारा वा सहकार्यका इच्छुक जुनसुकै दलसँग पनि हात मिलाउन तयार रहेको स्पष्ट पारे।

advertisement

उनले भने, ‘एमालेसँग एकता वा सहकार्यबारे केही कुरा बाहिर आउँदा विस्तारै सार्वजनिक हुन्छ, अहिले सबै कुरा भन्न मिल्दैन। तर कम्युनिस्ट आन्दोलन र देशको हितका लागि जोसुकै सहकार्य गर्न तयार छन्, उनीहरूसँग हामी हात मिलाउन तयार छौँ।’

पाण्डेले आफ्नो पार्टीले यसपटकको समानुपातिक सूची तयार गर्दा युवा पुस्तालाई विशेष प्राथमिकता दिएको जानकारी दिए। समावेशी सिद्धान्तअनुसार सबै क्लस्टर—आदिवासी/जनजाति, महिला, दलित, मधेशी, थारू र खस आर्य—को प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

उनका अनुसार विगतमा समानुपातिकबाट निर्वाचित भइसकेका, मन्त्री भइसकेका वा प्रत्यक्ष सांसद भइसकेका व्यक्तिहरूलाई यस पटकको सूचीमा समावेश गरिएको छैन। यसरी नयाँ मापदण्ड लागू गरी ११० जनाको सूची तयार गरिएको उनले बताए।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com