काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय घर्किँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफलमा जुटेका छन् ।

बन्द सूची बुझाउने आज अन्तिम दिने हो । कुलमान वार्तामा रहँदा उज्यालो नेपाल पार्टीका नेताहरु भने निर्वाचन आयोगमा पुगेका छन् । निस्सा लिएपछि आज अबेरसम्म पनि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन पाइने बताइएको छ ।

advertisement

जेन–जी अगुवाको छवि बनाएका हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङको जोडबलमा बालेन, रवि र कुलमानबीच वार्ता सम्भव भएको बताइएको छ । हाल कमलपोखरीस्थिति रास्वपा नेता असीम शाहको घरमा बैठक जारी रहेको बताइएको छ । बैठकमा गुरुङ पनि सहभागी रहेको स्रोतको दाबी छ ।

रास्वपा सभापति लामिछाने पार्टीको केन्द्रीय समिति बैठक सकेर वार्ताका लागि त्यहाँ गएका हुन् । यसअघि बालेन, कुलमान र रविबीच एकताको लागि लामो कसरत भएको थियो । एजेण्डामा सहमत हुन नसकेपछि कुलमान एकता प्रक्रियाबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com