काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक तथा उर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द शाह (बालेन) आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिएका हुन ।
उनीहरूबिच पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन ।
यसअघि रवि र बालेनबिच पार्टी सभापतिमा रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार











प्रतिक्रिया